Search
Close this search box.

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

हेटौंडा । जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत विभिन्न सामाजिक र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सोही श्रृंखलामा बुधबार साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई डिजिटल सुरक्षासम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले विद्यार्थीहरूलाई प्रविधिको जिम्मेवार प्रयोग गर्न आग्रह गर्दै, यस किसिमका कार्यक्रमले सचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने बताए ।

जेसीआई हेटौंडा सन् २०२५ का अध्यक्ष पंकज दास बानियाले जेसीज सप्ताहअन्तर्गत युवा र विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । उनले आगामी दिनमा पनि यस्ता सन्देशमूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।

कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू दीपकराज मिश्र र राजदेव बानियालगायतको आतिथ्यता रहेको थियो ।

अभिमुखीकरण सत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरकी संगिता लामा र श्याम श्रेष्ठले सञ्चालन गरेका थिए । उनीहरूले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधका प्रकार, गोपनीयता जोगाउने उपाय र कानुनी प्रक्रियाबारे विस्तृत रूपमा जानकारी प्रदान गरे ।

कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी उक्त कार्यक्रममा साइबर अपराधबाट जोगिन आवश्यक व्यवहारिक सावधानीहरूबारे पनि सचेतना फैलाइएको थियो ।

जेसीज सप्ताह–२०२५ का मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सह–संयोजक किरण आले रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan