Search
Close this search box.

जेसीआई हेटौंडाद्वारा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा अभिमुखीकरण सम्पन्न

हेटौंडा । जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत विभिन्न सामाजिक र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सोही श्रृंखलामा बुधबार साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई डिजिटल सुरक्षासम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले विद्यार्थीहरूलाई प्रविधिको जिम्मेवार प्रयोग गर्न आग्रह गर्दै, यस किसिमका कार्यक्रमले सचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने बताए ।

जेसीआई हेटौंडा सन् २०२५ का अध्यक्ष पंकज दास बानियाले जेसीज सप्ताहअन्तर्गत युवा र विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । उनले आगामी दिनमा पनि यस्ता सन्देशमूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।

कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू दीपकराज मिश्र र राजदेव बानियालगायतको आतिथ्यता रहेको थियो ।

अभिमुखीकरण सत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरकी संगिता लामा र श्याम श्रेष्ठले सञ्चालन गरेका थिए । उनीहरूले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधका प्रकार, गोपनीयता जोगाउने उपाय र कानुनी प्रक्रियाबारे विस्तृत रूपमा जानकारी प्रदान गरे ।

कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी उक्त कार्यक्रममा साइबर अपराधबाट जोगिन आवश्यक व्यवहारिक सावधानीहरूबारे पनि सचेतना फैलाइएको थियो ।

जेसीज सप्ताह–२०२५ का मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सह–संयोजक किरण आले रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan