Search
Close this search box.

स्वतन्त्र भनिनेहरू दलकै खोजीमा, विकल्प पनि दल नै भएको पुष्टि : वडाध्यक्ष सिग्देल

हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले स्वतन्त्र भनिने समूहहरू अन्ततः दलनै खोजिरहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्रताको नाममा गरिएका प्रयासहरूले पनि दलको विकल्प दल नै हुने कुरा पुष्टि गरेको बताएका हुन्।

वडा अध्यक्ष सिग्देलले दल नयाँ वा पुरानो हुनु भन्दा पनि त्यसको दर्शन, नीति–कार्यक्रम, नेतृत्वको क्षमता र कार्यशैलीले दलको मूल्यांकन हुने उल्लेख गरेका छन्। उनले विशेष परिस्थितिपछि देशभर भएका व्यापक गतिविधि, जनप्रदर्शन तथा महाधिवेशनको उद्घाटनमा लाखौँ जनताको सहभागिताले नेकपा (एमाले) बाहेक अन्य कुनै विकल्प नदेखिएको दाबी गरेका छन्।

उनका अनुसार महाधिवेशनबाट आएको निष्कर्ष र जनसहभागिताको उत्साहले नेकपा (एमाले) अब्बल शक्ति भएको तथ्यलाई पुनः पुष्टि गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan