Search
Close this search box.

भिमफेदी कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी हेटौँडाबाट पक्राउ


हेटौँडा । जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका लागुऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादीलाई प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी २३ वर्षीय हर्षित राज मुक्तान रहेका छन् । उनलाई हेटौँडा उपमहानगरपालिका–२ स्थित पिपलबोट क्षेत्रमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुक्तानलाई हिजो दिउँसो करिब २ बजे पक्राउ गरिएको हो । उनी लागुऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा दोषी ठहर भई ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिबानाको सजाय पाएका व्यक्ति हुन् ।
जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजतलासकै क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan