Search
Close this search box.

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

हेटौंडा – हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले ५० वर्षे शैक्षिक यात्राको उपलब्धि स्मरण गर्दै स्वर्ण जयन्ती उत्सव मनाउने भएको छ। विद्यालयले पौष २६ गतेदेखि माघ ९ गतेसम्म विविध कार्यक्रमसहित महोत्सव आयोजना गर्ने जनाएको छ।

वि.सं. २०२२ मा स्थापना भएको विद्यालयले अर्धशताब्दी लामो इतिहासलाई सम्मान गर्न शैक्षिक, साहित्यिक, खेलकुद तथा सामाजिक गतिविधिहरूलाई केन्द्रमा राखेर कार्यक्रम तय गरेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र लामिछाने र प्रधानाध्यापक किशोर पराजुलीले संयुक्त रूपमा जारी गरेको जानकारीअनुसार महोत्सवको औपचारिक उद्घाटन माघ ६ गते हुनेछ।

स्वर्ण जयन्तीका अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण, संस्थापक प्रधानाध्यापक स्व. राधादेवी शाहज्यूको प्रतिमा स्थापना, स्मारिका प्रकाशन तथा विद्यालय गान सार्वजनिक गरिनेछ। साथै शिक्षक सम्मेलन, साहित्य सम्मेलन, शैक्षिक प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रमहरू पनि महोत्सवका प्रमुख आकर्षण रहनेछन्।

कार्यक्रम तालिकाअनुसार पौष २६ र २७ गते जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना हुनेछ भने माघ २ गते छात्रा भलिबल प्रतियोगिता हुनेछ। माघ ३ गते शिक्षक सम्मेलन र माघ ४ गते विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ।

माघ ५ गते विद्यार्थी साइकल यात्रा, मानवसेवा आश्रमलाई सहयोग तथा सरसफाइ कार्यक्रम राखिएको छ। माघ ६ गते उद्घाटन समारोहसँगै स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, विद्यालय गान सार्वजनिक, शैक्षिक प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न हुनेछ।

महोत्सवको अन्तिम चरणमा माघ ७ गते साहित्य सम्मेलन, माघ ८ गते अभिभावक–विद्यार्थी खेलकुद तथा पुरस्कार वितरण, र माघ ९ गते सरस्वती पूजा, प्रतिमा अनावरण तथा समापन समारोह आयोजना गरिने विद्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan