Search
Close this search box.

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले माघ २ गतेदेखि सात दिनसम्म विविध शैक्षिक, बौद्धिक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

मङ्गलबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा स्वर्ण महोत्सव तयारी मूल आयोजक समितिका संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले विद्यालयको मूल लक्ष्य गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नु रहेको बताए । उनले विद्यालयले भौतिक संरचनासँगै शिक्षाको स्तर उकास्न प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले स्वर्ण महोत्सवका अवसरमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, शैक्षिक अन्तरक्रिया, सांस्कृतिक कार्यक्रमलगायत गतिविधि सञ्चालन गरिने जानकारी दिए । उनले विद्यालयले पछिल्लो समय प्रविधिमैत्री शिक्षण प्रणाली अपनाउँदै शैक्षिक उपलब्धि सुधारमा योगदान पुर्‍याउँदै आएको बताए ।

पत्रकार सम्मेलनमा वडा सदस्य सुरज बर्तौला र ईन्द्र रिजाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाल, सहायक प्रधानाध्यापक रामशरण अधिकारी र खेमराज लामिछाने तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan