Search
Close this search box.

पक्राउ परेका दुर्गा प्रसाईंलाई पोखराबाट काठमाडौं पठाइँदै

हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

आज दिउँसो पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए। “उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो,” उउनले भने।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईंमाथि कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो। केही दिनअघि प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा आयोगले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan