Search
Close this search box.

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु


मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए ।

उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको भट्टराईको दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घटनाको बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना स्थल इलाका प्रहरी कार्यालय हटियाबाट करिब २ किलोमिटर पूर्वतर्फ पर्दछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan