Search
Close this search box.

राप्रपाका कोषाध्यक्ष न्यौपाने र सल्लाहकार इटेनीद्वारा पार्टी परित्याग


हेटौँडा। आसन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक पार्टी परित्याग र प्रवेशको क्रम सुरु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, मकवानपुरमा एक दशकभन्दा लामो समयदेखि जिल्ला नेतृत्वमा रहेकाहरुले पार्टीमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् ।
विगत १० वर्षदेखि राप्रपाका जिल्ला कोषाध्यक्ष रहँदै आउनुभएका गोपीप्रसाद न्यौपाने, राप्रपा जिल्ला सल्लाहकार महेन्द्र ईटेनी र कृष्णहरि पौडेललगायतकाले पार्टी परित्याग गरेका हुन् ।
राप्रपा मकवानपुरका जिल्ला निर्वाचन समिति संयोजकसमेत रहनु भएको ईटेनीले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार लेख्दै आफूसहितका जिल्ला नेतृत्वले पार्टी परित्याग गरेको जनाएका छन् । विभिन्न कार्यक्रममा आर्थिक सहयोग गर्दै आएका पार्टीका कार्यकर्ता साथीहरूले पार्टी नेतृत्वको फटाई छलछाम र गैर जिम्मेवारीपूर्ण क्रियाकलाको कारणले गर्दा असन्तुष्टि उत्पन्न भएको फेसबुकमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको सदस्यता राप्रपाका जिल्ला काबा अध्यक्षसागर थापालाई बुझाई आजैका मितिबाट (शुक्रबारबाट) पार्टीको साधारण सदस्य पनि नरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ विज्ञप्तिमा उल्लेख छ ।
साथै लामो समयसँग पार्टीमा सँगै काम गरेको गाउँ तथा जिल्ला तहका साथीहरूलाई विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan