Search
Close this search box.

जेन्जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

हेटौंडा । मकवानपुरमा जेन्जी आन्दोलनका क्रममा फरार भएका तीन जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौंडाबाट फरार रहेका कैदीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा भदौ १७ र १८ गते पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका प्रतिवादी जिल्ला मकवानपुर बागमती गाउँपालिका–६ कैलेडाँडा बस्ने ३० वर्षीय मुन्ना स्याङ्तान, लागुऔषध ट्रामाडोल मुद्दाका प्रतिवादी हेटौंडा उपमहानगरपालिका–७ हरियाली बस्ने २२ वर्षीय विशाल गोले तथा बालसुधार गृह हेटौंडाबाट फरार रहेका लागुऔषध ब्राउन सुगर मुद्दाका एक जना बालक रहेका छन्।

पक्राउ परेका सबैलाई पुनः भिमफेदी कारागार र बालसुधार गृह हेटौंडामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan