Search
Close this search box.

गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’लाई श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२

हेटौँडा । गजल साहित्यको प्रवर्द्धन, संरक्षण तथा सम्वर्द्धनमा सक्रिय साहित्यिक संस्था गजल मञ्च मकवानपुरले यस वर्षको “श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२” बाट गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’लाई सम्मान गर्ने निर्णय गरेको छ।

मकवानपुरको गजल क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले आफ्ना माता–पिता तथा छोरीको स्मृतिमा स्थापना गरेको उक्त सम्मानमा सम्मानपत्रसहित नगद रु ५,००० प्रदान गरिने गजल मञ्च मकवानपुरले जनाएको छ।

गजलकार नेगीको वि.सं. २०५८ सालमा प्रकाशित ‘सृजनाका हातहरू’ गजल सङ्ग्रह मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो गजल कृति हो। जिल्लाको गजल इतिहासमै पहिलो कृति प्रकाशन गर्दै गजल विधाको उन्नयन र प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गर्न लागिएको हो।

उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमुना’ सम्मानित भइसकेका छन्।

सम्मानित व्यक्तित्व कुमार नेगी ‘पालुङ्गे चरो’लाई २०८२ साल फागुन २ गते आयोजना हुने २३३ औँ गजल यात्रा कार्यक्रमका अवसरमा सम्मान अर्पण गरिनेछ।

उक्त कार्यक्रममा ‘मनमाया स्मृति गजल पुरस्कार’ समेत प्रदान गरिने जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan