हेटाैँडा। हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले उत्कृष्ट खेलाडि उत्पादनकाे लागि विद्यालयबाट नै खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
भुटनदेवी माध्यमिक विद्यालय हेटाैँडा-४ काे प्रथम सप्ताहव्यापी खेलकुद प्रतियाेगिताकाे उद्घाटन गर्दै सिग्देलले शिक्षा र खेलकुदलाई संगै अध्ययन गराउन पर्ने र खेलकुदकाे काेर्ष विध्यालयबाट नै राख्न पर्ने बताएका हुन् । विद्यार्थीको शारिरीक र मानसिक विकासमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेकाेले र शिक्षालाई सार्थक बनाउन खेलकुद क्रियाकलाप अपरिहार्य रहेकाे बताए ।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकाेटी, नारायणप्रसाद तिमल्सिना, कृष्ण कंडेल, अनुगमन समिति संयाेजक ईन्द्रप्रसाद नेपालकाे आथित्यता रहेकाे र कार्यक्रम विद्यालय प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा भएकाे हाे । साताभरी खेलकुदका विभिन्न विधामा प्रतियाेगिता हुने र माघ २३ र २४ गते विध्यालय नगरस्तरीय क्रिकेट प्रतियाेगिता समेत आयाेजना गरिएकाे खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिए।

