Search
Close this search box.

हेटौंडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के, डाक्टर अनुपस्थित भेटिएपछि निर्देशन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन्।

 अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर नबस्ने विषयमा धेरै गुनासा आएपछि मुख्यमन्त्रीले आकस्मिक अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा केही डाक्टर डिउटी समयमा उपस्थित नभेटिएपछि मुख्यमन्त्री बानियाँले अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै अस्पतालका अध्यक्ष भीमसागर गुरागाईंलाई तत्काल बोलाएका थिए। 

उनले सेवा प्रवाह प्रभावकारी बनाउन र देखिएको समस्या शीघ्र समाधान गर्न निर्देशन दिएका छन्।

अस्पतालमा उपचाररत अधिकांश बिरामीले डाक्टर समयमै नपाइने गुनासो गरेका थिए। एक बिरामीले भने, “हेटौंडा अस्पतालमा कहिले सुधार आउने हो थाहा छैन। भवन मात्रै भएर के गर्नु, भित्रको सुविधामा सुधार हुन सकेको छैन।”

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan