Search
Close this search box.

रेडियो थाहाको आयोजना स्वास्थ्य तथा शैक्षिक सागम्री विवरण


मकवानपुर । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आयोजनामा स्वास्थ्य तथा शैक्षिक सामग्री र आयो नुन वितरण गरिएको छ । रेडियोले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५, बुङ्दलस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा पुगेर बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको हो ।
उक्त कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता एवम् साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीले नुनको सही प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिए । आयोडिनयुक्त नुनको सही प्रयोगले कुनै स्वास्थ्य समस्या नआउने र दुई बालबालिका अंकित आयोडिनयुक्त नुन सेवन गर्न पनि आग्रह गरे ।
राजन अनुरागले स्वागत मन्तव्य राखेको कार्यक्रममा सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर रुम्बा, विद्यालयका प्रध्यानाध्यापक चर्तुभूज पौडेल, साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रतिनिधि बासुराम अधिकारीलगायत शिक्षक–शिक्षिका एवम् अभिभावकहरुको उपस्थिति रहेको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौँडा, निको हस्पिटल÷तमु फार्मेसी, पूर्व विद्यार्थी दिलकुमार भोम्जन (राजेन्द्र) र रुपक भट्टलगायतबाट स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग प्राप्त भएको थियो ।
रेडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा फागुन १ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर १, स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाई कार्यक्रम, फागुन २ गते हेटौँडा–४ हुप्राचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको थियो भने हिजो फागुन ३ गते थाहा दर्शन कार्यक्रमको आयोजना गरेको थियो । यस्तै, भोलि फागुन ५ गते श्रोता मिलान कार्यक्रम, फागुन ६ गते हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रम हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan