मकवानपुर । हेटौंडा ५ मा रहेको सिद्धार्थ शिशु सदन माद्यमिक बिद्यालयको ४५ औं वार्षिकोत्सब एवम् अभिवाक भेला बुधबार सम्पन्न भएको छ ।
बिद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिद्यालयले सञ्चालन गरेका परीक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरु, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुले बिविध सांगितिक प्रस्तुती, बिज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी गरेका थिए ।
साथै गत एसईई परीक्षामा ए प्लस ग्रेड हाँसिल गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई नगद ५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । भने ए ग्रेड हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
अभिभावक दिवसकै अवसरमा बिद्यालयका अभिभावक तथा शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
सोही अवसरमा सञ्चारकर्मी एवम् लालखबर डटकमका सम्पादक राज कुमार के.सी.लाई नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । केसीलाई सञ्चारको माध्यमबाट शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत सम्मान गरिएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुशील घिमिरे, बिद्यालय सञ्चालक समिति अध्यक्ष नवराज अर्याल, सदस्य उपेन्द्र सुवेदी, ब्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्याल, प्याब्सन मकवानपुर अध्यक्ष बिनोद सुबेदी, नेपाल पत्रकार महासङ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, ज्ञान्दिप शिक्षा निकेतनका व्यवस्थापन समिति अध्यक्ष रमिला सापकोटा, तेक्वन्दो संघ बागमती प्रदेश सचिब भोजराज पराजुली, बिद्यालय ब्यवस्थापन समिति सदस्य कञ्चन ढकाल, अनुराधा पौडेल, समाजसेवी जनक शर्मा भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
बिद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म १ हजार १५ जना विद्यार्थी अध्ययनरत छन् भने ६० जना शिक्षक कर्मचारी कार्यतरत छन् ।

