हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तिपुर निवासी वर्ष ४० का प्रेम बहादुर गोले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा सोमबार राति करिब ८:५० बजे दुर्घटना भएको हो।
फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तिपुर निवासी वर्ष ४० का प्रेम बहादुर गोले गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। उपचारकै क्रममा राति ९:५० बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
