Search
Close this search box.

थाहाको एक घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति

थाहाको एक घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति

थाहा नगरपालिका–२ टाखेलमा आइतबार राति एक पुरानो कच्ची घरमा आगलागी हुँदा अन्दाजी दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय चन्द्रबहादुर देउलाको नयाँ घरबाट करिब ५०० मिटर उत्तरतर्फ रहेको ढुङ्गा, माटो तथा जस्तापाताले छाइएको मानिस बसोबास नगर्ने पुरानो घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।

राति अन्दाजी २२:३० बजे आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमाण्डमा १५ जना तथा सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमाण्डमा १० जना गरी जम्मा २५ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

नगर प्रहरी तथा थाहा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो राति अन्दाजी २३:५५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। मानविय तथा चौपाया क्षति नभएको जनाइएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय पालुङबाट करिब २.५ किलोमिटर दक्षिणतर्फ पर्दछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan