हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ५ मा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् । वडा नं. ५ मा आज आयोजित नेपाली कांग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्वर २ का उम्मेदवार बुद्ध लामाकाे चुनावी सभा कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी (जसपा)का पूर्व वडाध्यक्ष राजु प्रजा, पूर्व केन्द्रीय सदस्य राजेन्द्र प्रजा, पुर्व प्रदेश सदस्य सागर प्रजा, नेकपा एमालेका स्थानीय नेताहरु हाेमराज प्रजा, मदनकुमार माेक्तान, निराेज माेक्तान र तिलक प्रजा रहेका छन् ।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा, पार्टी सचिव ईश्वर पाठक, नेता भरत पराजुली लगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गरेका थिए ।
केही प्रतिक्रिया छ कि ?
