Search
Close this search box.

भीमफेदी कारागारका १४९ कैदीबन्दीले गरे मतदान

मकवानपुर । क्षेत्रीय कारागार भीमफेदीमा बिहीबार दिउँसो साढे १ बजेसम्म १४९ जना कैदीबन्दीले मतदान गरेका छन्।

कारागार प्रशासनका अनुसार कारागारमा रहेका १६२ मतदातामध्ये १४९ जनाले मतदान गरेका हुन्। भीमफेदी कारागारमा सुरुमा ४ महिलासहित १६६ जना मतदाता रहेकामा ४ जना कैदी छुटेपछि मतदाताको संख्या १६२ कायम भएको थियो।

 मतदातामध्ये ४ महिलासहित १४९ जना कैदीबन्दीले मतदानमा सहभागिता जनाएका छन्। कारागारमा रहेका कैदीबन्दीले भने समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan