Search
Close this search box.

मकवानपुरको मतगणना सुरु

मकवानपुर । मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।

जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानपछि मतपेटिका गएरातिसम्म हेटौँडा ल्याइएको थियो। त्यसपछि शुक्रबार बिहान सर्वदलीय बैठक बसेपछि १२:३० मा मतगणना सुरु गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan