Search
Close this search box.

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको  पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृतक सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने  ३८ वर्षीय गोविन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६:१० बजेको समयमा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर र चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि टेलर चालक स्टेरिङमा च्यापिएको अवस्थामा भेटिएको थियो। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा चालकलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल हेटौंडामा ल्याइएको थियो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक चितवनको खैरहनी नगरपालिका-९ निवासी करिब ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

मकवानपुरमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan