Search
Close this search box.

मनहरीमा बारिष्ठा तालिम सुरु

हेटाैँडा- मकवानपुरकाे मनहरी गाउँपालिकामा ३९० घण्टे बारिष्ठा तालिम सुरु भएकाे छ । प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडा र मनहरी गाउँपालिकाकाे आर्थिक सहयाेगमा नि:शुल्क बारिष्ठा तालिमकाे मंगलबार उद्घाटन गरिएकाे हाे ।

मनहरी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अर्थात सामाजिक विकास समितिका संयाेजक अनन्त प्रकाश अर्यालकाे सभाध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडा मकवानपुरका कार्यकारी निर्देशक डा.शान्ति लामाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश  सुबेदीकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । मनहरी गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका २६ जनाकाे सहभागिता रहेकाे तालिममा प्रमुख प्रशिक्षकका रुपमा जगदीश बिडारी रहनेछन् । मनहरी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले उद्घाटन कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan