मकवानपुर । क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार राक्सिराङ गाउँपालिका–१ बस्ने ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरिएको हो।
विशाल के.सी.को जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको बैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा जारी पक्राउ पुर्जी बमोजिम उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोलेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाउने तयारी गरिएको छ।
यसैबीच, प्रहरीले विदेश पठाइदिन्छु भन्दै ठगीमा परेका अन्य व्यक्तिहरूलाई पनि बैदेशिक रोजगार विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ।
केही प्रतिक्रिया छ कि ?



