Search
Close this search box.

भुटनदेवी माविले अन्तरास्ट्रिय शैक्षिक गुणस्तर कायम गर्ने


हेटाैँडा। भुटनदेवी मावि, हेटाैँडा-४ ले भाैतिक र शैक्षिक स्तर अन्तरास्ट्रिय गुणस्तर कायम गर्ने भएकाे छ । भुटनदेवी मावि र ग्लाेवल क्वालिटी काउन्सिल, नेपालकाे प्रतिनिधिबीच आईतबार एक कार्यक्रममा आईएसओमा जाने सम्झाैता भएकाे हाे । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, विध्यालयका प्रअ सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झाैता पत्रमा हस्ताक्षर गरेका थिए ।
विध्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, विद्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तरास्ट्रिय गुणस्तर मापदण्ड र सुचकबारे अभिमूखीकरण कार्यक्रम समेत सञ्चालन गरिएकाे विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।
एक वर्षभित्र अर्थात् आगामी २०८३ चैत्र मसान्तभित्र अन्तरास्ट्रिय गुणस्तर प्रमाणिकरण गरिसक्ने लक्ष्य रहेकाे विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताए । उनले भाैतिक संरचनाकाे गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरण अन्तरास्ट्रिय स्तरकाे मापदण्ड कायम गरिने प्रतिबद्वता समेत व्यक्त गरे ।
विध्यालयकाे प्रारम्भीक बस्तुस्थितिकाे परिक्षण र आगामी ३ वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएकाे ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिए । शर्माले सामुदायिक विध्यालयमा मकवानपुरकाे पहिलाे अन्तरास्ट्रिय गुणस्तर प्रमाणिकरण भएकाे विद्यालय भुटनदेवी मावि हुने समेत बताए ।
विभिन्न चरणमा भएकाे छलफल र अन्तरक्रियामा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल विध्यालयका प्रअ सूर्यप्रसाद घिमिरे, ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदिप शर्मासहितकाे टाेली, शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विध्यालय अनुगमन समितिका संयाेजक ईन्द्रप्रसाद नेपाल, टाेल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी लगायत विभिन्न समितिका सदस्यहरूबीचकाे छलफलपछि अन्तरास्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झाैता गरिएकाे विध्यालय सह-प्रअ तथा विध्यालय आईएसओ वेदराज काेईरालाले स्पष्ट पारे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan