Search
Close this search box.

बागमतीमा पुनर्स्थापना सेवाको गुणस्तर सुधारमा रिकभरीङ नेपालको सक्रियता

हेटौंडा । बागमती प्रदेशमा लागूऔषध पुनर्स्थापना सेवाको सुदृढीकरणका लागि रिकभरीङ नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको छ। यसै क्रममा रिकभरीङ नेपाल बागमती प्रदेश समितिले चितवन जिल्लाका न्यु वे फाउन्डेसन, युथ नेपाल र स्वर्ग नेपाल पुनर्स्थापना केन्द्रहरूको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न गरेको छ।

उपाध्यक्ष रोशन सिलवाल र प्रादेशिक फोकल पर्सन मनीश मान श्रेष्ठको नेतृत्वमा सम्पन्न अनुगमनमा सेवा प्रवाह, व्यवस्थापन तथा सुधारका सम्भावित क्षेत्रहरूको सूक्ष्म मूल्याङ्कन गरिएको थियो। टोलीले केन्द्रहरूको भौतिक अवस्था, उपचाररत व्यक्तिहरूसँगको अन्तरक्रिया, मनोसामाजिक सहयोगका अभ्यास तथा कार्यक्रमहरूको प्रभावकारितामा विशेष ध्यान दिएको जनाएको छ।

यसअघि चैत ५ गते मकवानपुर जिल्लाका ७ वटा पुनर्स्थापना केन्द्रहरूमा जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, हेटौंडा अस्पताल तथा रिकभरीङ नेपालको संयुक्त टोलीद्वारा अनुगमन भइसकेको थियो।

यस्ता निरन्तर अनुगमन तथा समन्वयात्मक प्रयासले पुनर्स्थापना सेवाको गुणस्तर अभिवृद्धि, पारदर्शिता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। रिकभरीङ नेपाल बागमती प्रदेश समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan