पठन संस्कृतिको प्रवर्धन गर्ने अभियानस्वरुप शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला जनप्रिय मावि हेटौँडामा आज एकदिवसीय कार्यक्रमका लागि आइपुग्नुभएको छ । कार्यक्रममा उहाँले हाम्रा शिक्षालयहरुबाट प्रदान गरिने शिक्षाको सैद्धान्तिक पाटोलाई व्यवहारसँग जोड्नुपर्ने औँल्याउनुभयो
कोईरालाले भन्नुभयो पानीमा आगो छ र आगोमा पानी छ । यो सैद्धान्तिक पाटोलाई विद्धुत शक्तिमा रुपान्तरण गर्नु र एसी वा फ्यान चलाउनु त्यसैको उदाहरण रहेको दृष्टान्त दिदैँ व्यवहारिक शिक्षामा जोड दिन उद्देश्यमूलक पठन संस्कृति विकास गर्नुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जनप्रिय माविले मकवानपुर जिल्लाकै सामुदायिक विद्यालय मध्ये जनप्रियमा पहिलो रिडर्स कलव गठन गरी विद्यालयको पठन संस्कृति प्रवर्धन गरिरहेको बताउनुभयो । जनप्रिय माविमा हाल मिडिया क्लव, विभिन्न विषयका विषयगत समितिहरु, म्याथ क्लव, दिव्य सेवा बाल क्लव लगायत विभिन्न विधाका समितिहरु रहेको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । जनप्रिय मावि यसवर्षको एस ईईमा हेटौँडा नगर प्रथम हुन सफल भएको हो । विद्यालयको इतिहासमै यो पहिलो सफलता भएको जनाउँदै यसलाई कायम राख्न आफूहरु हरतरहले लाग्ने र टिममा विश्वास राख्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रमलाई संवोधन गर्दै अर्का शिक्षाविद् प्रा डा तारालाल श्रेष्ठले भन्नुभयो आज म जे छु कितावकै कारणले यहाँ छु । उहाँले विद्यार्थीमा पठन जागरण गराउनका निम्ति नयाँ पुस्तक किन्न सकिएन भने माग्न पनि लाज मान्न नहुने बताउनुभयो । पुस्तक एउटा पुस्तक पुस्तक मात्र हैन त्यहाँ त विश्व नै हुन्छ । जहाँबाट हामीले जीवन दर्शन, सभ्यता र संस्कृति प्राप्त गर्न सक्छौँ श्रेष्ठले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद वस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाविद्हरु प्रा डा विद्यानाथ कोईराला, सप्रा डा तारालला श्रेष्ठ, रमेशप्रसाद लामिछाने, प्रधानाध्यापक भुपेन्द्र चौलागाई, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, व्यवस्थापन समिति तथा पिटिए सदस्यहरु सरस्वती गौतम, इन्द्रप्रसाद खतिवडा, बिन्दा विश्वकर्मा, अम्विका गौतम कुँवर अर्जुनप्रसाद अगस्ती, सरिता गौतम मिश्र, लगायतको उपस्थिति रहेको थियो । जनप्रिय मावि रिडर्स क्लवका संरक्षक संम्प्रस पौडेलले स्वागत गर्नुभएको कार्यक्रमलाई मिडिया विभाग संयोजक सुनिल गौतम र शिक्षाविद् रमेशप्रसाद लामिछानेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शिक्षकहरु नीर बहादुर खड्का, रविन श्रेष्ठ, अनिता तिमल्सिना, युक्तलाल विश्वकर्मा, दिपक ढुङ्गाना, विष्णुहरि गौतम, मनोज चौलागाई, यशोदा भट्टराई, शालिकराम घिमिरे, मनोज पाठक, ज्योति गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा पब्लिक डिस्कोर्स फाउण्डेशन प्रालिले आयोजना गरेको हो ।


