Search
Close this search box.

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

हेटौंडा । गजल विधाको उत्थान, विकास र प्रवर्द्धनमा सक्रिय साहित्यिक संस्था गजल मञ्च मकवानपुरको नियमित शृङ्खला अन्तर्गत २३८औँ गजल यात्रा शनिबार सम्पन्न भएको छ।

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा आयोजित कार्यक्रममा गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षता तथा अग्रज साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यता थियो।
कार्यक्रममा मकवानपुरका साहित्यकार, गजलकार तथा गजल अनुरागीहरूको उपस्थिति रहेको थियो। अतिथिका रूपमा सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिल, मञ्चका संरक्षक–सल्लाहकार मुक्ति गोविन्द वैद्य, सल्लाहकार तथा पूर्वअध्यक्ष देवराज तिवारी, निवर्तमान अध्यक्ष केशव सुवेदी समर्पण, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डि.वी. बर्तौला, सानू खनाल, डा. जगदीशचन्द्र बराल, गोपिनी गौतमलगायतको सहभागिता थियो।
मञ्चका उपाध्यक्ष श्रीहरि पौड्यालले स्वागत मन्तव्यसहित गजल गायन प्रस्तुत गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा मञ्चको नियमित गजल यात्राअन्तर्गत राम कार्की, राजकुमार चौधरी, सानू खनाल, डि.वी. बर्तौला, केशव समर्पण, देवराज तिवारी तथा प्रमुख अतिथि देवराज खरेललगायतले आफ्ना गजल वाचन तथा गायन प्रस्तुत गर्दै गजल साहित्यको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण गजल मञ्च मकवानपुरका सचिव कमल नेपालले गरेका थिए।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

हेटौंडा–१६ मा टोल विकास संस्थाको वडा समन्वय समिति गठन, संयोजकमा दाहाल

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

हेटौंडाको राप्ती खोलाले बगाउँदा ७० वर्षीय वृद्धको मृत्यु

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

भोटेकोशी बाढीपीडितका लागि कांग्रेस बागमतीले साढे ५ लाख सहयोग गर्ने, उद्धार र पुनर्स्थापना तीव्र बनाउन माग

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

भोटेकोशी बाढीपीडितका लागि कैलाश गाउँपालिकाले ५ लाख सहयोग गर्ने

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

बाढी प्रभावितलाई मनहरी गाउँपालिकाको १० लाख सहयोग, अध्यक्षले तीन महिनाको सेवा सुविधा दिने

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

असोज १७ देखि ‘जेसीज कप’ फुटबल, विजेताले १ लाख पाउने

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

प्रगति माविको स्वर्ण जयन्तीमा २१ लाख बढी बचत, यस्तो छ आय–व्यय विवरण

गजल मञ्च मकवानपुरको २३८औँ गजल यात्रा सम्पन्न

विपद् प्रभावितका लागि मकवानपुर उद्योग वाणिज्य सङ्घको ५ लाख ५ हजार सहयोग

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan