Search
Close this search box.

पञ्च हृदय टोली भारतको धार्मिक यात्रा सकेर नेपाल फर्कियो


हेटौँडा । भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारत गएको पञ्च हृदय टोली धार्मिक यात्रा सम्पन्न गरी नेपाल फर्किएको छ।

पञ्च हृदय टोली तथा सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंका अनुसार बाढी प्रभावितहरूको कल्याण र समग्र मानव हितको कामनासहित टोलीले भारतस्थित द्वारकाधीश धाम, श्री ५ नवतनपुरी धाम र श्री ५ महामंगलपुरी धाममा संकल्पसहित दर्शन तथा धार्मिक अनुष्ठान गरेको थियो।
धार्मिक यात्राका क्रममा जामनगरस्थित श्री ५ नवतनपुरी धाममा पञ्च आरती तथा मेहेरसागर पाठ गरिएको थियो। टोलीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा समग्र मानव कल्याणका लागि प्रार्थना गरेको जनाएको छ।
यात्राका क्रममा तीनवटै धामबाट ल्याइएको प्रसाद तथा श्री ५ नवतनपुरी धामको रुमाल बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई हस्तान्तरण गरिएको थियो। पञ्च हृदय टोलीका सदस्यसमेत रहेका सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंले मुख्यमन्त्री थापालाई उक्त प्रसाद तथा रुमाल हस्तान्तरण गरेका हुन्।

धार्मिक तथा आध्यात्मिक भावनासहित सम्पन्न यात्राले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्यलाभ र समग्र मानव कल्याणको कामना गरेको अध्यक्ष चौलागाईंले जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan