Search
Close this search box.

मनहरीका ४० विपन्न परिवारलाई काजकिरिया खर्च


मनहरी । मनहरी गाउँपालिकाले शोकमा परेका ४० विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएको छ। गाउँपालिकाले विभिन्न वडाका शोकाकुल परिवारलाई प्रतिपरिवार २० हजार रुपैयाँ नगदसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेको हो।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार मनहरी गाउँपालिका–१, २, ४, ५, ६, ७, ८ र ९ का गरी ४० परिवारलाई काजकिरिया खर्च उपलब्ध गराइएको हो।
विपन्न परिवारलाई दुःखको समयमा आर्थिक राहत प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले बजेट विनियोजन गरी काजकिरिया खर्च उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष कालाखेतीले बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan