हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा घरको भर्याङबाट लडेर ५ वर्षीय बालकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब १० बजे स्थानीय राजकुमार स्याङ्बोका ५ वर्षीय छोरा पेमा स्याङ्बो आफ्नै घरको भर्याङबाट लडेर घाइते भएका थिए। घाइते बालकलाई उनका हजुरबुवा छबिलाल स्याङ्बोले उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पुर्याएका थिए।
अस्पतालमा उपचारका क्रममा दिउँसो १२ः२८ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बालकको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?
