Search
Close this search box.

हेटौँडामा विद्युतका १० पोल ढलेपछि धरान–चतरा सडक अवरुद्ध

हेटौँडा । निरन्तरको वर्षाका कारण जमिन गलेपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित सिर्पाली चोकनजिक विद्युतका पोल ढल्दा धरान–चतरा सडकखण्ड अवरुद्ध भएको छ।

असोज ११ गते बिहान करिब ६ बजे सिर्पाली चोकबाट करिब ५०० मिटर पश्चिमतर्फ सडक किनारमा रहेका सिमेन्टका १० वटा विद्युतका पोल एकैपटक उक्किएर सडकमा ढलेका हुन्। पोलसँगै विद्युतका तारसमेत सडकमा छरिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रसँग समन्वय गरी प्राविधिक टोली परिचालन गरेको थियो। प्राविधिक टोलीले सडकमा ढलेका पोलबाट छरिएका तार काटेर हटाएपछि सडक सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार लगातारको वर्षाका कारण सडक किनारको जमिन कमजोर हुँदा विद्युतका पोलहरू ढलेका हुन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan