हेटौँडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका हेटौँडा–५ निवासी उद्धव खड्काको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
हेटौँडा–५ का व्यवसायी तथा नेपाली कांग्रेसका युवा नेता सुनिल गिरीले शुक्रबार खड्काकी श्रीमती निरु खड्कालाई खाद्यान्न सहयोग गरेका हुन्। तीन सदस्यीय परिवारलाई गिरीले आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि घरायसी प्रयोजनका लागि आवश्यक खाद्यान्न उपलब्ध गराएका हुन्।
भोटेकोशीमा आएको बाढीमा उद्धवको ज्यान गएपछि परिवार आर्थिक समस्यामा परेको छ।
कमाएर घर चलाउने सदस्यको मृत्यु भएपछि परिवारमा आर्थिक कठिनाइसँगै अन्योलता थपिएको परिवारले जनाएको छ ।
यसअघि गिरीले बाढी आएको केही समयपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका थिए।
केही प्रतिक्रिया छ कि ?
