हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–६ फापरबारीस्थित कुखुरा फार्ममा आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो ४ः३५ बजे ढलक खोकरले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएको हो।
आगलागीबाट फार्म पूर्णरूपमा जलेर नष्ट भएको छ। फार्ममा रहेका साना–ठूला गरी २६ वटा कुखुरा, दाना तथा अन्नपातसमेत जलेर क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा, बागमती गाउँपालिकाको दमकल, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा साँझ ५ः२० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय क्षति भने भएको छैन।
प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?
