Search
Close this search box.

बकैया–६ मा जमिन भासिएपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा जमिन भासिन थालेपछि १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
भिरालो जमिनमा रहेको बस्तीमा एकाएक जमिनबाट डङ डङ आवाज आउन थालेपछि स्थानीयलाई सचेत गराइएको थियो । त्यसक्रममा बस्तीको केही भाग सरेको र विभिन्न स्थानमा जमिन चिरा परेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जमिन भासिने र पहिरोको जोखिम बढेपछि बस्तीमा रहेका १६ घरपरिवारलाई सोही स्थानको सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । स्थानीयलाई जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan