Search
Close this search box.

अवैध रूपमा पशु चौपाया ओसारपसार गर्ने ५ जना पक्राउ

मकवानपुर । अवैध तथा निर्दयी तरिकाले पशु चौपाया ओसारपसार गरेको आरोपमा प्रहरीले मकवानपुरबाट ५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज ७ गते राति करिब ११ः३० बजे प्रहरी चौकी ठुलोदमारबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१८, ठुलोदमारस्थित सडकखण्डमा दुईवटा योद्धा गाडी रोकी चेकजाँच गरेको थियो।
बा.प्र.०३–००१च ०९३२ र बा.प्र.०१–०२६च ५६०६ नम्बरका गाडीमा आवश्यक कागजातबिना अवैध रूपमा पशु चौपाया ओसारपसार गरेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका–६ का २८ वर्षीय रामलाल पासवान, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ का २१ वर्षीय सदाम देवान, महोत्तरीको गौशाला नगरपालिका–११ का ४३ वर्षीय रोहित कुमार मिश्रा, हेटौँडा–१३ का ४० वर्षीय समसुल देवान र हेटौँडा–१२ का २३ वर्षीय भीम सुनार रहेका छन्।
समसुल देवान र भीम सुनारलाई असोज १५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि पशुपन्छीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan