Search
Close this search box.

बागमती नदीमा बगेर ४० वर्षीय पुरुषको मृत्यु


हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँका अन्दाजी ४० वर्षीय ईन्द्रबहादुर भोलनको बागमती नदीले बगाउँदा मृत्यु भएको छ।
सिन्धुली जिल्लामा आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा भोलनलाई बागमती नदीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले खोजी गर्ने क्रममा मंगलबार दिउँसो ३ बजेर ५ मिनेटमा बागमती गाउँपालिका–१ हात्तिढुङ्गास्थित नदीको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला पारेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan