Search
Close this search box.

हेटौंडामा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैँसे सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार सोमबार साँझ ४ः५० बजे हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७ः१० बजे मृत घोषणा गरेका थिए।
मृतकको पहिचान उनकी श्रीमती सरस्वती रुम्बाले गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव हेटौंडा अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan