Search
Close this search box.

दसैँमा बालबालिकालाई एभोकाडो रिसोर्टको उपहार


हेटौँडा । बडादशैँको अवसरमा एभोकाडो एण्ड अर्किड रिसोर्ट प्रा.लि. हेटौँडाले हेटौँडा–५ स्थित हाम्रो घर बालगृहमा रहेका बालबालिकालाई करिब ३२ हजार रुपैयाँ बराबरका कपडा वितरण गरेको छ।
बालबालिकासँग दसैँको खुसी साटासाट गर्ने र चाडपर्वको उत्साह थप्ने उद्देश्यले रिसोर्टले सोमबार कपडा वितरण गरेको हो।
कपडा वितरण कार्यक्रममा रिसोर्टका सञ्चालकहरू भागिरथ शर्मा, मालती शर्मा, विशाल शर्मा, अन्तरिक्ष भट्टराई, माया शर्मा र धीरेन शर्माको सहभागिता थियो।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको रिसोर्टले चाडपर्वको अवसरमा बालबालिकालाई सहयोग गरेर सामाजिक सद्भाव, मानवीय सेवा र आपसी सहयोगको भावना अभिवृद्धि गर्ने प्रयास गरेको रिसोर्टका प्रबन्धक मनोज ढोडारीले जानकारी दिए।

व्यावसायिक सफलतासँगै सामाजिक सेवामा समेत योगदान पुर्‍याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan