हेटौँडा । जेसीज सप्ताह २०२६ अन्तर्गत जेसीआई हेटौँडाले आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।
बुधबार हेटौँडा–१०, बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रम जीवन छत्कुलीको संयोजकत्वमा सम्पन्न भएको हो। जेसीआई हेटौँडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
जेसीज सप्ताहकै अवसरमा बुधबार अपराह्न ४ः३० बजे जेसीआई हेटौँडाको सचिवालयमा अन्तर हेटौँडा जेसीज वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। जेसी प्रतीक कोइरालाको संयोजकत्वमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
सप्ताहव्यापी कार्यक्रमको मूल संयोजकमा सञ्जय कुमार न्यौपाने र सह–मूल संयोजकमा विनोद वाग्ले रहेका छन्।
केही प्रतिक्रिया छ कि ?

