हेटौँडा । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहीबार बिहान ८ः३० बजे चपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथअन्तर्गत भीमफेदी क्षेत्रमा राप्ती खोलामा खसेर दुर्घटना भएको हो।
सुमोमा चालकसहित १० जना सवार रहेकोमा दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनापछि उद्धार गरिएका घाइते तथा मृतकलाई हेटौँडा अस्पताल ल्याइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।
केही प्रतिक्रिया छ कि ?

