हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब ८ः३० बजे चपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब १० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, २२ वर्षीया अस्मिता तिमल्सिना र चन्द्रपुर–४ की २५ वर्षीया अनुषा लामा रहेका छन्।
दुर्घटनामा चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय वोय हाङ रानामगर घाइते भएका छन्।
घाइते सातै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

