Search
Close this search box.

मामाघर नेपाललाई जेसीआई हेटौंडाको फर्निचर र खाद्यान्न सहयोग


हेटौँडा । सामाजिक उत्तरदायित्वअन्तर्गत जेसीआई हेटौंडाले मामाघर नेपाललाई फर्निचर, खाद्यान्न तथा सरसफाइका सामग्री सहयोग गरेको छ।
जेसीज सप्ताह २०२६ अन्तर्गत बिहीबार हेटौँडा–११, डाङडुङ्गेस्थित मामाघर नेपालमा आयोजित कार्यक्रममा एक थान स्टिल दराज, एक थान स्टिल र्‍याकसहित खाद्यान्न तथा सरसफाइका सामग्री हस्तान्तरण गरिएको हो। आश्रित बालबालिकाको दैनिक जीवनयापन र संस्थाको व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले सहयोग प्रदान गरिएको जेसीआई हेटौंडाले जनाएको छ।
जेसीआई हेटौंडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा जेसीआई हेटौंडा वर्ष २००४ का पूर्वअध्यक्ष एवं जेसीआई नेपाल वर्ष २००५ का राष्ट्रिय उपाध्यक्ष अरुण राज सुमार्गीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम संयोजक अशु बानियाँको संयोजनमा भएको हस्तान्तरण कार्यक्रममा मामाघर नेपालका संरक्षक अर्पण पराजुली, रेडियो थाहा सञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारी तथा जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष पंकजदास बानियाँको आतिथ्यता रहेको थियो।
जेसीज सप्ताह २०२६ का मूल संयोजक सञ्जय कुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन्।
सडक तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार गरी संरक्षण र पालनपोषण गर्दै आएको मामाघर नेपालमा हाल २४ जना बालबालिका आश्रित छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan